पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

0
14

काठमाडौं- पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा सात हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र एक हजार १९९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जना गरी कूल २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्‍यु भएको छ। सो अवधिमा २१२ जना संक्रमित निको भएका छन्।

शुक्रबार थपिएकोसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या नौ लाख २४ हजार ६३३ पुगेको छ। यस्तै मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ। संक्रमण भइ निको हुनेको संख्या आठ लाख ११ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here