माओवादी केन्द्रका सदस्यले सम्पत्ति अद्यावधिक गर्नुपर्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट लाभको पदमा बस्ने सवै पार्टी सदस्यहरुको सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने भएको छ । सो पार्टीको आठौं महाधिवेशनमा अनुशासन आयोगका तर्फबाट आयोगको प्रतिवेदन पेश गर्दै अध्यक्ष टंक राईले अबदेखि लाभको पदमा बस्ने सबै सदस्यले आफ्नो सम्पत्ति विवरण पार्टीमा अद्यावधिक गर्नुपर्ने बताएका हुन् ।

‘पार्टी सदस्यले पदमा रहँदा र नरहँदा आयोगमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । नगरे कारवाही गरिनेछ’, अध्यक्ष राईको भनाई छ । त्यस्तै उनले कम्युनिस्ट पार्टी भएकाले नेकपा माओवादीका सदस्यहरुले सप्‍ताह पुराण लगाइए कारवाहीको विषय बन्ने भन्दै सचेत समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0