भारतमा थप १६ हजार ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण


काठमाडौं – भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३८ हजार ८०४ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये एक हजार २७० जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

सोही अवधिमा थप २२० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८१ हजार ८० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ९१ हजार ३६१ रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२६ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ५८५ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ६६ हजार ३३६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।३६ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ७८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । त्यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४४ करोड ५४ लाख बढी डोज खोप लगाइएको जनाइएको छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0