अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

0
39

बैतडी – जमेको हिउँ पन्छाएपछि बैतडीस्थित दशरथचन्द राजमार्ग खुलेको छ। हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौं, कठपते, सतबाँझलगायत क्षेत्रको हिउँ हटाएको हो।

बुधबारदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकोले हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए। यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाएको जनाएको छ। यसैगरी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here