सुदूरपश्चिमका विमानस्थलको लागि डेढ अर्ब बजेट विनियोजन


काठमाडौं– सुदूरपश्चिमका नौ वटै जिल्लाका विमानस्थलको स्तरोन्नतिका लागि अर्बौं बजेट विनियोजन गरिएको छ। कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि १ अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि २ करोड ५१ लाख ३२ हजार ७४३।३६, बैतडीको पाटन विमानस्थलका लागि १ करोड ५० लाख ४४ हजार २४७।७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार ६७२।५६ रुपैयाँ विनियोजन गरिएको छ।

बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार ३ सय, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख रुपैयाँ तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ।

सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २५० बिघा जमिन अधिग्रहण तथा दुई हजार ५०० मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुशियाली छाएको छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0