अर्जुन दासका आफन्तले १० दिनपछि शव बुझे

0
73

धनगढी – कैलालीका अर्जुन दासको शव आफन्तले १० दिनपछि शव बुझेका छन्। यहि पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका ९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि घटनास्थलबाट टीकापुर अस्पतालमा लगिएको थियो। तर आफन्तले विभिन्न माग राख्दै शव नबुझ्ने अडान राखेका थिए।

उनीहरुले राखेका माग सम्बोधन गर्ने सहमतिपछि हत्या भएको १० दिनपश्चात सोमबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए।

पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलिपल्ट स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए। सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ। उनीहरुको खोजी र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here