डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ को पालिका अडिशन सुरु


डडेल्धुरा डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ को पालिका अडिशन शुक्रवारबाट सुरु भएको छ। पहिलो पालिका अडिशन परशुराम नगरपालिकामा गरिएको हो।

पालिका अडिशनबाट ४ जनालाई जिल्ला अडिशनका लागि छनोट गरिएको डडेल्धुरा स्पिकिङ्ग आइडलका सह–संयोजक सुर्दहन ओझाले जानकारी दिए।

छनोट हुनेमा भुवनेश्वरी मावि परिगाउका भुवन भट्टराई, शिवशंकर मावि सादनीका पदमबहादुर साउद, जनज्योति मावि गाइबाधेकी निरुता बोहरा र भागेश्वर मावि। शिर्षकी भावना धामी रहेका छन्।

पालिका अडिशनबाट छनोट गरिएका विद्यार्थीलाई जिल्ला अडिशनमा सहभागी गराइने र उनीहरुको सबै खर्च आयोजकले दिने कार्यक्रमका संयोजक दिपकराज भट्टले बताए। सातै पालिकामा पालिका अडिशन गरेर त्यसपछि जिल्ला अडिशन गर्ने तयारी रहेको छ।

जिल्ला अडिशनको मुख्य आयोजक खबरदारी न्यूज रहेको छ भने सहआयोजकमा शिखर वहुउद्धेशीय विकास समाज, समाजसेवी विनय प्रकास मल्ल र युवा मञ्च डडेल्धुरा रहेका छन्। यस्तै प्रर्वद्धका रुपमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0