सभापतिसहित सुदूरपश्चिमबाट काँग्रेस केन्द्रीय समितीमा १७ जना निर्वाचित


धनगढी – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापति सहित केन्द्रीय समितिमा १७ जनाको प्रतिनिधित्व भएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका छन् ।

१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने सहमहामन्त्रीमा बाजुराका बद्रिप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनी सहमहामन्त्री तर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् ।उनले सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ९हुम्ला० लाई पराजित गरे ।

सुदूरपश्चिम प्रदेशबाट सभापति र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा एनपी सावद ९कञ्चनपुर०, रमेश लेखक ९कञ्चनपुर०, दिलेन्द्रप्रसाद वडू ९दार्चुला० र नैनसिंह महर ९डडेल्धुरा० विजयी भएका हुन् ।त्यस्तै, खुला महिला केन्द्रीय सदस्यमा डाक्टर आरजू राणा देउवा ९कैलाली० र ईश्वरी न्यौपाने ९कैलाली० निर्वाचित भएका छन् ।

यस्तै दलितबाट केन्द्रिय सदस्यमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बझाङका प्रतिनिधि सभा का सदस्य प्रकाश स्नेही रसायली निर्वाचित भएका छन् । खस आर्यबाट केन्द्रीय सदस्य पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर निर्वाचित भएका छन् ।

प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र भट्ट र कैलालीकै रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् । देश भूगोलबाट महिला केन्द्रीय सदस्यमा तीन जना र खुलातर्फ छ जना उम्मेदवार रहेका थिए । त्यस्तै, महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भएकी छिन् ।

भने थारु खुला केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0