प्रदेश नम्बर ५ मा प्लानेट भिटीका तीन शाखा विस्तार


धनगढी– सुदूरपश्चि प्रदेशको राजधानी अत्तरियाबाट सञ्चालन भइरहेको प्लानेट भिटीले प्रदेश नम्बर ५ का विभिन्न ठाउँमा तीन शाखा विस्तार गरेको छ । लामो समयदेखि अत्तरियाबाट प्राविधिक शिक्षा प्रदान गरिरहेको प्लानेट भीटी अहिले देश व्यापी छात्रबृती अभियानका क्रममा रुपन्देहीमा तीन शाखा विस्तार गरेको हो ।

No description available.

एम ए क्यु पर्सा चोक रुपन्देही, रेन्बो एजुकेशन एण्ड ट्रेनिङ सेन्टर हरैया रुपन्देहि र एप्पल एजुकेशन एण्ड ट्रेनिङ सेन्टर मुर्गीया रुपन्देही गरि तिन वटा फेन्चाईजी विस्तार गरेको हो । तीन वटा नयाँ शाखा थपिएसंगै देशभर २८ शाखा विस्तार गरिएको प्लानेट भिटीका प्रबन्धक पुष्कर शर्मा जोशीले बताउनु भयो ।

No description available.

अत्तरियाबाट सञ्चालीत प्लानेट भिटीले १५० जनालाई छात्रबृतीमा एड्भान्स डिप्लोमो इन इन्फरमेशन टेक्नोलोजी (एडीआइटी) कोर्ष पाढाइ रहेको छ । त्यसै अन्तरगत देशव्यापी छात्रबृतीको अभियान चालाइरहेको उक्त संस्थाले रुपन्देही लगायत देशका विभिन्न ठाउँमा गई छात्रबृतीमा अध्यापन गराउनका लागि शाखा विस्तार गरिरहेको हो ।

No description available.

विद्यार्थीको माषिक शुल्क उनिहरुले प्रवेशिका परीक्षामा ल्याएको नम्बरका आधारमा तोकिन छ । ४०–५० नम्बर ल्याएका विद्यार्थीले माषिक ८५०, ५०–६० नम्बर ल्याएका विद्यार्थिले ७५०, ६०–७० नम्बर ल्याएका विद्यार्थीले ६५०, ७०–८० नम्बर ल्याएका विद्यार्थीले ५५० र ८०–९० नम्बर ल्याएका विद्यार्थीले ४५० माषिक शुल्क तिर्नु पर्ने छ । ९० भन्दा माथि नम्बर ल्याउने सबै विद्यार्थीले निःशुलक पढ्न पाउने छन ।

No description available.

विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक दिइने छ । उक्त कोर्षका लागि १५० जनामात्र छनोट गरिने छन । एक बर्षको कोर्षबाट उत्कृष्ट २० जनलाई प्लानेट भिटीले रोजगारी दिने छ भने आइएसो सर्टिफाइ मान्यता प्राप्त सर्टिपिकेट प्रदान गरिने छ । अहिलेको बजारको परिवेशलाई मध्यनजर गर्दै अंग्रेजी भाषा र डिजिटल मार्केटिङ कोर्ष पनि रानिएको जोशीले बताए । प्रवेशिका परीक्षाका लागि फरामका लागि ५० रुपैयाँ तोकिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0