कैलालीमा स्याउला काट्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु

0
257

धनगढी- कैलालीमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका –४ का २५ वर्षीय बिर्ख बोहराको घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएका उनको सोमबार राति मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here