कैलालीमा युवकको विभत्स हत्याः हत्यापछिको फोन रेकर्ड सार्वजनिक (अडियोसहित)


धनगढी – कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड सार्वजनिक भएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड सार्वजनिक भएको हो ।

जुन, सम्वाद युवकको हत्यापछि फोनमा गरिएको हो । अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसंग घटनाको बारेमा कुरा गरेका छन् । उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्–‘दाई उसको घाँटी अलग छ । शरीर अलग छ । एक÷दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ । म यहाँ कहाँ पुगि सके, कहाँ पुगिसकेँ ।’

आफू नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि उनले फोनमा भनेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ । यता जिल्ला प्रहरी कार्यालय कैलालीले पनि हत्यापछिको अडियो रेकर्ड प्राप्त भएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै गएको २३ कात्तिकमा लम्कीचुहा नगरपालिका– ३ का २३ वर्षीय भूपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलालीमा एकपछि अर्को हत्या हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

https://youtu.be/b2VCQAQR5h8

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1