समाजसेवी हमालद्धारा धनगढीका क्यान्सर पीडित मनिषको उपचारका लागि १ लाख सहयोग


धनगढी –  सुदूरपश्चिमका अभियन्ता तथा व्यवसायी गोपाल हमालले धनगढीका एकजना क्यान्सर पीडितको उपचारका लागि नगद सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २७ वर्षीय मनिषप्रताप सेनको उपचारका लागि हमालले १ लाख सहयोग गरेका हुन्।

हमालले मनिषप्रताप सेन बचाऊ अभियान सञ्चालन भएको जानकारी पाएपछि १ लाख सहयोग गरेको जानकारी दिए। ०७४ सालमा वैदेशिक रोजगारीको लागि युरोपेली देश माल्टा पुगेका मनिषको दुई वर्षपछि स्वास्थ्यमा समस्या देखिएको थियो।

माल्टा पुगेर परिवारलाई लागेको ऋणको भारी उतार्न नपाउँदै मनिष ठूलो आन्द्राको क्यान्सरका कारण काम गर्न नसक्ने भएका थिए। त्यसपछि उनलाई स्वदेशमै उपचार गराउने भनेर परिवारले काठमाडौं बोलाएको थियो।

काठमाडौंको भक्तपुर क्यान्सर अस्पतालमा डेढ वर्षसम्म उपचार गराएर पनि क्यान्सर निको नभएपछि मनिषलाई अहिले भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालमा भर्ना गरिएको छ। काठमाडौंमा डेढ वर्षसम्म उपचार गराउँदा अहिलेसम्म ६१ लाख खर्च भइसकेको छ।

उपचारकै क्रममा मनिषप्रतापको परिवारले पाँच कट्ठा जग्गा बिक्री गरिसकेको छ। उनको उपचारका लागि मनिषप्रताप सेन बचाऊ अभियान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0