भीम रावललाई सल्लाहकारको जिम्मेवारी दिने एमालेको तयारी
काठमाडौं – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएको डा( भीम रावललाई जिम्मेवारी दिने तयारी भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर जिम्मेवारी दिन सकिने बताएका हुन् ।
‘भीम रावल केकमा रहनुभएन । त्यो हिसाबले उहाँले जिम्मेवारी पाउनुभएन । सल्लाहकार समितिमा हुनुहुन्छ । भूमिकाका बारेमा अध्यक्षसँग सल्लाह गर्न सक्नुहुन्छ।’ उनले भने ।
शुक्रबार एमालेको केन्द्रीय कमिटीको बैठकबारे जानकारी गराउँदै महासचिव पोखरेलले सो विषयमा जानकारी गराएका हुन् । उनले ओलीसँग पराजित रावललाई थप जिम्मेवारी दिनेबारे तयारी भइरहेको बताए ।
१०औँ महाधिवेशनमा पराजित भएका रावलले आफूले कुनै पनि जिम्मेवारी नलिने बताउँदै आएका छन् । यदी जिम्मेवारी नलिएमा उनलाई सल्लाहकारको भूमिकामा राखिने समेत बताए । मंसिर २५ र २६ गते काठमाडौंमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न विभागमा जिम्मेवारी बाँडफाँड गरेको छ ।