सुदूरपश्चिम राजधानी कप सुरु, मुख्यमन्त्री भट्टद्धारा उद्घाटन


धनगढी – कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ८ शिवशक्ति खेल मैदानमा पीएफए स्पोट्स क्लबको आयोजनामा सुदूरपश्चिम राजधानी कप १०७८ सुरु भएको छ । राजधानी कपको तेस्रो संस्करणको सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन ।

राजधानी कपअन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरुषतर्फ विजेता हुने टिमलाई ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने महिलातर्फका विजेता टिमले १ लाख ५० हजार र उपविजेता हुने टिमले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिनेछ । कुल जम्मा ४७ लाख ६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा अत्तरिया, धनगढी, कञ्चनपुर, बुटबललगायतका ठाउँबाट गरी पुरुषतर्फ आठ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरूका लागि कुनै उमेर समूह र क्षेत्र तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0