राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता गराउनेको चाप बढ्दै


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता गराउनेको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।
वडामा मंसिर २६ गतेबाट सुरु भएको राष्ट्रिय परिचय पत्र वितरणका लागी नाम दर्ता गराउनेको चाप दिनानुदिन बढ्दै गएको हो । पछिल्लो ४ दिनमा करिब तिन सय भन्दा बढीले राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता गराईसकेको वडासचिव चन्द्र बहादुर कामीले बताए ।

उनले हाल वडामा नै नाम दर्ताको कार्य भैरहेको बताए । ‘वडामा प्रत्येक दिन ८० देखी ९० जनाको हाराहारीमा नाम दर्ता गराईरहेका छन’ उनले भने ‘नाम दर्ता गराउनेको भिड फेरी पनि कायम नै छ ।’

उनले जिल्ला प्रशासन कार्यालयबाट पठाईएका ३ जना कम्प्युटर अपरेटरले नाम दर्ता गरिरहेको र १ जना अझै थप गरिने बताए । ‘प्रत्येक दिन उत्तिकै चाप बढुन थालेको छ, जिल्लाबाट १ जना कम्प्युटर अपरेटर आउदै छन, त्यसपछि दैनिक सय भन्दा माथीको नाम दर्ता हुने अपेक्षा छ’ उनले भने ।

वडाको जनसंख्याको हिसाबले अपेक्षा गरेको समयमा नाम दर्ताको कार्य नसकिने भन्दै उनले त्यसका लागी अझै समय माग गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0