रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको घोषणा

0
170

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा अपेक्षाकृत परिणाम नआएपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ रिजालले फेसबुकमा लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु ।’

रिजाल संस्थापनइतर पक्षका उम्मेदवार हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा २१२० मत गन्दा रिजालले ३६५ मत पाएका छन् । महामन्त्रीमा गगनकुमार थापाले सर्वाधिक १३८५ र विश्व प्रकाश शर्माले ८५१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ६९८ र प्रदीप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । अर्का महामन्त्रीका उम्मेदवार राजाराम कार्कीले ५९ मत ल्याएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here