कांग्रेस महामन्त्री पदको मतगणना सुरु


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिएका छन् । उनकाअनुसार ६ घण्टाभित्र मतपरिणाम आइसक्नेछ।

महामन्त्रीका लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0