राष्ट्रिय श्रमिक संघ नेपाल कैलाली जिल्ला समिति चयन सम्म्पन


अाज मिति 2078/8/28 गतेका दिन राष्ट्रिय श्रमिक संघ नेपाल ( Trade union Nepal ) को अत्तरियामा बसेको बैठकले कैलाली जिल्ला समिति चयन गरेको छ। राष्ट्रिय श्रमिक सङ्घ नेपालका राष्ट्रिय महासचिव गोपाल यादव ज्यु को अतिथित्यमा उक्त बैठक बसिएको थियो ।

राष्ट्रमा उद्योगीकरण , उद्योगमा श्रमिकिकरण , श्रमिकमा राष्ट्रियकरण भन्ने मुल धार बोकि स्वतन्त्र रुपमा श्रमिकका निम्ति आवाज उठाउने एक संगठन हो राष्ट्रिय श्रमिक संघ ।

जिल्ला समितिमा अध्यक्ष मनोज दाहाल , उपाध्यक्ष पूजा साउद , सचिव हेमराज भट्ट , सह-सचिव सुमन खडका , कोषाध्यक्ष कृष्णा भट्टराई , सदस्य तिलक बि.क , सदस्य नविन नागरिक गरी सात जनाको कैलाली जिल्ला कार्यसमिति चयन भएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0