ओलीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल


धनगढी – एमाले नेता भीम रावलले आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्य विभाजनलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् ।

एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ, उनले भनेका छन् ।

ओलीले आइतबार केन्द्रीय कमिटी बैठकमार्फत नेताहरूको कार्यविभाजन गरेका छन् । एमालेको दुई दिनसम्म चलेको बैठकले केन्द्रीय सदस्य मनोनयनदेखि पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, विभागको जिम्मेवारी बाँडफाँड गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0