नेपालमै पहिलो पटक प्लानेट भिटी संस्थाद्धारा भित्रियो विश्व शिक्षा आईकन अवार्ड २०२१


अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्लानेट भिटीले विश्व शिक्षा आईकन अवार्ड २०२१ भित्र्याएको छ । लामो समय कम्प्यूटर शिक्षा लाई सर्वसुलभ वनाई बहुसंख्यक ठाउँमा कम्प्यूटर शिक्षा अभियान संचालन गरे वाफत ईनडिड सर्भिसेजले विश्व शिक्षा आईकन अवार्ड २०२१ का विजेताका रुपमा सुदुरपश्चिममा रहेको संस्था प्लानेट भोकेस्नल ट्रेनिङ्ग एण्ड एजुकेसन (प्लानेट भिटी अत्तरिया) ले भित्रृयाउन सफल भएकोछ ।

No description available.

संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशी उत्कृष्ठ शिक्षा निर्देशकको रुपमा यस वर्षका विजेताका रुपमा चयन हुनुभएको छ । विजेता चयन कर्ताको रुपमा दिल्ली विश्व विद्यालयका पूर्व निर्देशक, संयुक्त राष्टसंघका पदाधिकारी , अष्ट्रेलिएन शिक्षा पदाधिकारी, युनेस्कोको ग्लोबलका पदाधिकारी,ईष्टक होलम विश्वविद्यालय स्वीडेनका पदाधिकारी, विश्व वातावरण संघका निर्देशक र विभिन्न शिक्षा विदहरु जुरी मेम्वरमा रहने गरेका छन ।

No description available.

कम्प्यूटर शिक्षामा सुदुरपश्चिममा लामो समयदेखि प्रशिक्षण गराईरहेको प्लानेट भिटीले समय समयमा विद्यार्थीहरुलाई अहिलेको विश्व वजारसंग प्रतिस्पर्धा गर्न सकुन भनेर यस क्षेत्रमा पहिलो पटक एडभान्स डिप्लोमा ईन ईन्फोर्ममेसन टेक्नोलोजी (२०६५)मा , साईवर सेक्यूरिटी र सिसको सटिफिकेसन २०७१मा , वईब पेज एण्ड डिभ्लप्मेन्ट २०७०मा, डिजिटल मार्केटिङ २०७८ मा साथै छापाखाना सम्वन्धी तालिम २०७८÷०७९मा संचालन गरिरहेको छ । यी माथी उल्लेखित सम्पूर्ण कोर्षहरु सुदुरपश्चिममा पहिलोपटक प्लानेट भिटीद्धारा भित्र्याएका थिए ।

No description available.

विद्यार्थीहरु वजारको माग वमोेजिम सुचना प्राविधिक शिक्षा पाउन भनेर प्लानेट भिटिका संचालक हरु स्वम संस्थाखुलेको ६ वर्ष पछि भारतको दिल्लीगई आधुनिक कम्प्यूटर शिक्षा सिस्को नेटवर्कीङ र माईक्रोसफ्ट सर्भरका कक्षाहरु यस क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्न पाउन भनि २०७१ देखि २०७३ सम्म १७ महिनाका लागी संचालकहरु स्वंम भारत गएर क्षमता अभिवृदि तालिम लएिर आएका थिए ।

No description available.

उक्त तालिम पश्चात यस संस्थाले आफ्नो कोर्ष ,ल्याव र अध्यापन गराउने शैलीलाई व्यापक रुपमा परिवर्तन गरेको थियो । २०७४ मा नै यस संस्थाले सुदुरपश्चिममा पहिलो पटक (आई एस ओ ९००१/२०१५) अन्तराष्ट्रिय गणस्तर प्रमाण पत्र चिन्ह पाउने यस क्षेत्रकै पहिलो गौरवशाली संस्था भएको थियो ।

No description available.

हाल सम्म यस संस्थावाट प्रत्येक १५००० पन्ध्रहजार भन्दा वढी विद्यार्थीले कम्प्यूटर शिक्षा अध्ययन गरि अधिकांस स्वरोजगार वनेका छन । हाल यस संस्थाले आफ्नो सेवा विस्तार गर्दै नेपालका प्रदेश नंं ५ र ६ मा समेत फेन्चाईजिज मोडलमा अध्यापन गराईरहेको छ । सुदुरपश्चिममा खुलेर राजधानी लगायत नेपालका विभिन्न सहरहरुमा शाखा विस्तार गर्दै आएको यो पहिलो संस्था हुने गर्व प्राप्त गरेकोछ । यस संस्थाले उत्कृष्ट विद्यार्थीलाई छनौट गरी रोजगारको व्यवस्था गर्नेगरेको छ ।

No description available.

यस संस्थाले यसै महिनादेखि लागु हुनेगरी विद्यार्थी रोजगारमा जादाँ अन्तरर्वाता दिदा कत्ती पनि न हिच्कीचाउन भनी नमुना अन्तरवार्ता र नमुना परिक्षा पनि प्रत्येक शनिवार राख्ने गरेकोछ । संस्थाले अङग्रेजीमा कम्जोर र अङग्रेजी भाषा शिख्न चाहानेका लागी अङग्रेजी गुरु ९९) योजना ल्याएको छ ।यसका लागी सिधै बेलायतवाट शिक्षक लाईभ आउने र नेपालमा मनिटरिङ शिक्षक ल्यावमा रहनेगरी आफ्नो अङग्रेजी गुरु ९९ भन्ने सेवापनि विस्तार गर्दैछ । यस कार्यक्रमको नाम लाईभ फ्रोम लण्डन रहनेछ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0