पुस २ गते देखी अत्तरियामा सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुदै


अत्तरिया  । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा आगामी पुस २ गते देखी सुदूरपश्चिम राजधानी कप २०७८ हुने भएको छ । अत्तरियामा रहेको पि एफ एम स्पोट्स क्लबको आयोजनामा आगामी पुस २ गतेदेखी १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यस बर्ष पुरुष र महिला गरी दुवै तर्फका खेलहरु खेलाइने पि एफ एम स्पोट्स क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

कुल जम्मा ४७ लाख ६ हजार रुपैया खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको पुरुष तर्फ बिजेता हुने टिमलाई ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने पुरुष तर्फका खेल संयोजक रविन्द्र राज भण्डारीले जानकारी दिए ।

यसै गरी महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता हुने टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए । यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।

सम्पूर्ण खेलहरु गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा हुने संयोजक भण्डारीले बताए । प्रतियोगितामा सहभागि हुनका लागि कुनै उमेर समूह र भुगोल नतोकिएको भण्डारीले बताए ।

उक्त प्रतियोगितामा देशैभरीका अत्तरिया , धनगढी , कञ्चनपुर , बुटबल लगाएतका ठाउँवाट गरि पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने पक्कापक्की भएको आयोजकले जनाएको छ । आयोजक पि एफ एम स्पोट्स क्लबका अध्यक्ष अमित बरालको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा गोदावरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी प्रमुख अतिथी रहेका थिए ।

यस्तै बिशिष्ट अतिथीमा सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिब दुर्गा प्रसाद अधिकारी रहेका थिए । देशको पहिचान र बिकास खेलकुदकै माध्यामवाट हुने भएकाले खेलकुदका गतिबिधिहरुलाई निरन्तर रुपमा अगाडी बढाइरहनुपर्ने वडा अध्यक्ष अधिकारीले बताए ।

उनले प्रतियोगितालाई सम्पन्न गर्न आफ्नो ब्यक्तिगत र वडा तर्फवाट गर्न सकिने सम्पूर्ण सहयोगहरु गर्न तयार रहेको समेत बताएका थिए।

कार्यक्रममा क्लबका सल्लाहाकार एबम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पालले शुभकामना मन्तब्य राखेका थिए । यसै गरी उक्त कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0