एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र माधव नेपाल

0
19

काठमाडौंः नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन्। आमन्त्रित अतिथि नेताहरूमध्ये सबैभन्दा ढिला गरी उनी उद्घाटनस्थलमा उपस्थित भएका हुन्। मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु भने यसअघि नै कार्यक्रम स्थलमा आइपुगेका थिए। यसअघि एउटै पार्टी नेकपामा रहेका ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा रहेको यो पहिलोपटक हो। पार्टी विभाजनपछि एकअर्काको अस्तित्व अस्वीकार गरिरहेका उनी एउटै मञ्चमा देखिन कांग्रेस महाधिवेशन कुर्नुपरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here