भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि


काठमाडौं – भारतको तमिलनाडुको कन्नूरमा बुधबार सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। जहाँ भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत पनि सवार थिए।

दुर्घटनाको भिडिओ पनि बाहिर आएको छ दुर्घटनाको अवस्था हेर्दा हेलिकप्टर पूर्ण रुपमा क्षतिग्रस्त र आगो लागेको देखिएको छ। जनरल विपिन रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही जानकारी आइसकेको छैन।

समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। बोर्डमा १४ वरिष्ठ अधिकारीहरू पनि रहेका जनाइएको छ।

तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको सेनाको हेलिकप्टर सामान्य हेलिकप्टर थिएन। एम आई १७ भी-५ हेलिकप्टर थियो, जुन सैन्य प्रयोगको लागि धेरै उन्नत मानिन्छ। जुन सेना र हतियार ढुवानी, फायर सपोर्ट, एस्कर्ट, गस्ती र खोज र उद्धारजस्ता मिसनहरूमा पनि प्रयोग गरिन्छ। यो भारतमा भीभीआईपीले मात्र प्रयोग गर्छन्।

दुर्घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराइएको छ। साथै रक्षामन्त्री राजनाथ सिंहलाई पनि दुर्घटनाको जानकारी दिइएको छ। रक्षामन्त्री सिंहले यसबारे संसदमा जानकारी गराउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0