नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष पक्राउ


डडेल्धुरा । नेकपा ( माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डाइमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको छ । गत मंसिर १० गतेका दिन नेकपा माओवादी केन्द्र बाट निर्वाचित महिला वडा सदस्य राजमति ऐरलाई दुब्र्यवहार गरेको अभियोगमा प्रहरीले मंगलबार अध्यक्ष माललाई पक्राउ गरेको हो ।

डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।परशुराम नगरपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडा सदस्य र ऐरले आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाईमण्डले दुब्र्यबहार गरेको भन्दै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएकी हुन ।

नेकपा माओवादी केन्द्रका नगरकमिटी अध्यक्ष ‘डायमण्ड’ लाई वडा सदस्य ऐर नेपाली काँग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएकाले उनले दुर्ब्यबहार गरेको वडा सदस्य ऐरले बताईन । ‘म त दाँतको उपचार र सम्मान कार्यक्रम कस्तो हुँदो रहेछ भनेर त्यहाँ हेर्न मात्रै जान लागेकी थिए’ राजमतीले भनिन्, ‘तर कसैले डायमण्डजीलाई गलत सूचना दिएछ । त्यो थाहा पाएपछि रंगुन खोलानिर म सवार मोटरसाइकल रोकेर उनले मलाई हातपात गरे ।’

राजमतीका अनुसार डायमण्डले उनीलाई जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए ।
माओवादीको क्रियाशील सदस्य समेत रहेकी राजमतीमाथि दुब्र्यबहार नगरेको नगर अध्यक्ष डाईमण्डले जिकिर गर्दै आएका छन । उनले सो दिन ऐरसँग आफ्नो भेटघाटसमेत नभएको जिकिर गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0