स्याटलाइटको माध्यमबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना गरिने


धनगढी – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्नेे सरकारले तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसकेपछि वैकल्पिक विधि प्रयोग गरिने भएको हो ।

स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना बनाएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देश डा. हेमराज रेग्मीले बताए । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी तयारी गरिरहेको रेग्मीले बताए ।
उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास रहेको छ भने करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा ७÷८ सय जनसङ्ख्या रहेको विभागले अनुमान गरेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0