ट्रयाक्टरबाट खसेर कैलालीमा एक जनाको मृत्यु


धनगढी- कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका-४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका- २ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर- २ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो। चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0