पछिल्ले २४ घण्टामा देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

0
16

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट २३८ जना र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।

गत २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here