कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले तीन घण्टा धर्ना दिए

0
20

धनगढीः कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले धर्ना दिएका छन्। बेदकोट नगरपालिकाका स्थानीयले जग्गा नापी पुनः हुनुपर्ने माग राख्दै सोमबार ३ घण्टा सांकेतिक धर्ना दिएका हुन्। बेदकोट ७, ९ र १० का स्थानीयले नापी कार्यालय कञ्चनपुरमा धर्ना दिएका हुन्।

भोगचलन गर्दै आएको जग्गाको पुनः नापजाँच गरी नयाँ नक्सा जारी गर्न उनीहरुको माग छ। उनीहरुले भोगचलन गरिरहेको जग्गाको लालपुर्जा अर्कैको नाममा रहेको बताइएको छ। यो समस्या समाधानका लागि सरकारले सीडीओको अध्यक्षतामा समिति गठन गरेको छ। त्यो समितिलाई छिटो काम गर्न माग गर्दै आन्दोलन गरेको उनीहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here