बडुवाल हत्या प्रकरणः २१ अभियुक्त विरुद्ध मुद्धा दायर


धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कात्तिक २३ गते मंगलबार राति भएको बडुवालको धारीला हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
हत्यामा संलग्न लम्की चुहा नगरपालिकाका नविन रावल, दीपेन्द्र शाही भनिने धिरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, टीकापुरका प्रविन रिमाल, बर्दिया घर भइ टीकापुर बस्ने रोहित आले, सोहन शाह, बर्दगोरियाका लोकेन्द्र कुँवर, बर्दियाका सविनजंग शाही, चिरन्जीवी शाही हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मकैदको सजाय माग गरी अदलतमा मुद्धा दर्ता गरेको कैलालीका प्रहरीका प्रवक्त प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले बताए । १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ९२० बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

यस्तै प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ ९१० बमोजिम दफा १७७ ९२० कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको छ ।
हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ ९३० क बमोजिम कसुर गरे सरह दफा ३६ को ९१० र ९२० कसुरमा जन्मकैदको सजाय माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0