गोदावरी नगरपालिकाद्वारा बृहत सरसफाई अभियान संचालन


अत्तरिया , सुदुरपश्चिम प्रदेशको प्रवेशद्धारका रुपमा रहेको गोदावरी नगरपालिकाले सोमवार बिहान अत्तरिया बजार क्षेत्रका बिभिन्न ठाउमा बृहत सरसफाई अभियान संचालनमा ल्याएको छ ।
प्रदेशको प्रवेशमार्ग भएको यस नगरपालिकाबाट प्रदेशका अरु जिल्लाहरुमा सकारात्मक सन्देश जाओस् र नगरक्षेत्र सफा सुन्दर बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आज यो बृहत सरसफाई कार्यक्रमको शुरुवात भएको नगरप्रमुख हरिसिह साउदले फारवेष्ट खवरलाई वताएका छन । बृहत सरसफाई अभियानकै क्रममा गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत खेमराज बिष्टले सडक छेउछाउमा ठेला राखेर व्यापार गरी रहेका व्यापारीहरुलाई व्यवस्थीत रुपमा व्यापार गर्न सुझाब दिर्नुका साथै सरसफाईमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर यो गोदावरी बुहत सरसफाई अभियानलाई सफल गर्न उनले अपिल समेत गरेका छन ।
अभियान अन्र्तगत नगर सफा गर्नुको साथै बिभिन्न समूहहरु बनाई घरदैलो मार्फत सचेतना फैलाउने कार्य समेत हुने उनले बताए । बिभिन्न संघसंस्थाको अगुवाई तथा नगरपालिका कार्यालयको समन्वयमा बिभिन्न टोल टोलमा पुगेर सचेतना मुलक सरसफाई अभियान सम्बन्धि कार्यक्रम पनि संचालन गर्ने उनले बताएका छन । अभियानमा नगरपालिकाका कर्मचारी मात्र नभई बिभिन्न पेशामा अबद् नागरिक, प्रहरी, सशस्त्र प्रहरी , ट्राफिक प्रहरी ,समाजसेवी , पत्रकार एवं स्थानिय विभिन्न क्लबहरुको पनि उत्तिकै उत्साह जनक सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0