डडेल्धुराका ७ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन


डडेल्धुराः नेकपा माओवादी केन्द्र डडेल्धुराले ७ वटै पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको छ। डडेल्धरा जिल्ला संयोजक मानसिंह मालका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा यादव ओझा, परशुराम नगरपालिकामा शेरसिह माल, नवदुर्गा गाउँपालिकामा धर्म बिक, गन्यापधुरा गाउँपालिका सुरेश शाही र आलिलाल गाउँपालिकामा छवीलाल थापा मगर चयन भएका छन्।

यस्तै नेकपा माओवादी केन्द्र अजमयैरु गाउँपालिका अध्यक्षमा गणेश पाण्डेय चयन भएका छन्। शनिबार राति सम्पन्न पालिका सम्मेलनले पाण्डेयको अध्यक्षतामा ५९ सदस्य पालिका कमिटी चयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0