बैतडीमा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द


बैतडीः विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।

आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयका शिक्षक सुशीला भण्डारीले जानकारी दिइन्। विद्यार्थीमा कोरोना देखिएपछि शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले मंसिर २१ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0