सुदूरपश्चिममा काँग्रेसलाई एकढिक्का बनाएर लैजान्छुः सभापति बलायर

0
86

धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर अगाडी बढाउने कुरमा आफू प्रतिबद्ध रहेको बताए ।

नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले सुदूरपश्चिममा पनि तिव्रताका साथ तयारीमा लाग्ने पनि बलायरले बताए। आइतबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्धन्द्धी पौडे पक्षका नेता नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै देउवा पक्षका नेता बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिमा निर्वाचित भएका हुन्। बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here