बझाङमा चरेशसहित पक्राउ परेकी महिलाले प्रहरी हिरासतमै गरीन आत्महत्याको प्रयास

0
194

धनगढी बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले जिला प्रहरी कार्यालय बझाङको हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट मंसिर १४ गते २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनी २८ किलो चरेशसहित पक्राउ परेकी थिइन्। दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीे बताएको छ। हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेको तर, प्रहरीले उनको उद्दार गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।

शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो। अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here