कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते

0
100

काठमाडौं- कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि ९पूरक० परीक्षा माघ २ र ३ गते दिन पाउने भएका हुन् ।

बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा ती मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ ।

अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्र्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here