नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा प्यानलसहित बलायर निर्वाचित


धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा निकटका बलायर भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका हुन् ।

एक हजार २६ जना प्रतिनिधि रहेको सुदूरपश्चिम प्रदेशमा एक हजार तीन मत खसेको थियो । खसेको मतमा बलायरले ६०८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले जम्मा २८० मत पाएका छन् ।

पदाधिकारीमा बलायरकै टिम विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० सहित विजयी भएका छन् भने अर्को उपसभापतिमा ५२३ मतसहित लोकराज अवस्थी विजयी भएका छन् ।

महामन्त्रीमा ६४८ मतसहित मेघराज खड्का निर्वाचित भएका छन् भने अर्का महामन्त्री नारायण शाहले ६३५ मत ल्याएका छन् । सहमहामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ मत पाएर विजयी भएका छन् । नेविसंघकी पूर्व सहमहामन्त्री अम्बिका चलाउने सर्वाधिक ६८६ मतसहित निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0