कांग्रेस सुदूरपश्चिम अधिवेशनः आज मतदान हुँदै


धनगढी – नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार प्रदेश कार्यसमिति चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज मतदान हुँदैछ ।

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । बलायर प्यानलबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का , सह–महामन्त्रीमा अम्बिका चलाउने, चिन्तामणी भट्ट र गोपालदत्त भट्टले उम्मेदवार भएका छन् ।

यस्तै मिश्र प्यानबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्टले उम्मेदवार दिएका छन ।

पदाधिकारी चयनका लागि आज बिहान ९ बजे देखी ३ बजे सम्म मतदातन हुने कार्यक्रम तालिका रहेको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिएका छन ।

देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0