धनगढीमा छोराको हत्या गरी फरार सौतेनी आमा भारतको हरियाणाबाट पक्राउ

0
118

धनगढी– धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा पक्राउ परेकी उनकी सौतेनी आमा माघी रोकायालाई प्रहरीले सार्वजनिक गरेको हो।

रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले भारतीय प्रहरीको सहयोगमा उनलाई हरियाणाको रोहतक प्रेम चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

निशान्त सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया फरार भएकी थिइन्।

प्रहरीका अनुसार रोकाया र उनका श्रीमान बहादुर रोकाया रोजगारीका लागि भारतमा हुँदा बहादुरले तीन वर्ष अगाडि निशान्त थापामगरकी आमा निर्मला थापामगरसंग विवाह गरेको खुलेको छ।

‘१४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन माघी रोकाया धनगढी आइन् र निशान्तलाई पनि धनगढी ल्याइयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘रोकाया र उनका श्रीमानबीच विवाद भइरहने रहेछ। कार्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि उनलाई दुधमा मुसा मार्ने औषधि मिसाएर खुवाएर हत्या गरेको खुलेको छ।’

रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here