नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै


धनगढी- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछी पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । प्रदेश अधिवेशन विहीबार प्रदेश अधिवेशन उद्घाटन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।

धनगढीमा पौडेल पक्ष बाट प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने भएको छ। यस्तै उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ ।

यस्तै संस्थापन देउवा पक्षबाट प्रदेश अध्यक्षमा वीरबहादुर बलायर, उप सभापतिमा जनक चौधरी ,लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का सह महामन्त्रीमा गोपाल भट्ट सहमहामन्त्रीमा अम्बिका चलाउने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0