यु–१९ राष्ट्रिय क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा


वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले शुक्रबार समूह चरणको अन्तिम खेलमा बागमती प्रदेश लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

९६ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि अविजित रहेका नरेन भट्टले ३७ तथा राहुल भण्डारीले ३१ रनको योगदान दिए ।

बागमतीका लागि कप्तान प्रतिश जिसी र गौतम केसीले १–१ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0