कांग्रेस महाधिवेशनः आज प्रदेश अधिवेशनको मनोनयन, भोली चुनाव


काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज प्रदेश नेतृत्व चयनका लागि मनोनयन हुँदैछ । बिहिबार सुरु भएको अधिवेशनअन्तर्गत चुनावी प्रक्रियामा आज प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम हुँदैछ ।

देशको संविधानअनुसार पहिलोपटक कांग्रेसले सातै प्रदेशको नेतृत्व चयन गर्दैछ । प्रदेश नेतृत्व चयनका लागि प्रदेश २ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ को अधिवेशन भने महाधिवेशन पछि हुने कांग्रेसले जनाएको छ ।

आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर शनिबार चुनाव गर्ने कांग्रेसको तयारी छ । प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुँदैछ । कोषाध्यक्ष भने मनोनित पद हो । प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0