कक्षा १२ को नतिजा सार्वजनिक

0
74

धनगढी- कक्षा १२ को नतिजा प्रकाशित भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो। तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् भने ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ। ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन्। तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन्। ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here