अत्तरियामा रहेको प्लानेटभिटी दैनिक ६ सय बढी विद्यार्थिलाई प्रशिक्षण गराउँदै


अत्तरिया– कैलालीको अत्तरियामा रहेको प्राविधिक शिक्षण संस्था प्लानेटभीटी कम्प्युटर नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको छ । लामो समयदेखी अत्तरियामा प्राविधिक शिक्षा दिइरहेको प्लानेटभिटी अहिले प्रत्यक दिन ६०० भन्दा बढी विद्यार्थिलाई प्रयोगात्मक र १६०० जना विद्यार्थिलाई शैदान्तीक शिक्षा दिन सक्ने भएको छ ।

यसका लागि संस्थाले एक साथ प्रत्यक दिन १२ घण्टा भन्दा बढी ५० बढी कम्प्युटर राखेर प्रशिक्षण गराई रहेको छ । संस्थाका संस्थापक पुष्कर शर्मा जोशी सीसीआई (CCIE) ट्रेनिङ्ग प्राप्त सुदूरपश्चिमकै पहिलो ट्रेनर हुन ।

अत्तरियामा रहेको प्लानेटभिटी संस्थाले प्रकाशन गरेको कम्प्युटर सम्बन्धीको पुस्तकलाइ अहिले देशभरका २८ भन्दा बढी संस्थाले लागु गर्ने भएका छन । प्लानेटभिटीले आफ्नै पुस्तकबाट पढाई गरिरहेको छ । प्लानेटभिटीले प्रकाशन गरेको पुस्तकलाई विज्ञहरुले पनि प्रोत्साहित गरेको व्यवस्थापक कल्पना विष्टले भन्नु भयो ।

हाल प्लानेटभिटीले दशेभरका प्रमुख शहरहरुमा विद्यार्थिहरुलाई ट्रान्सफर गर्ने इन्टनसिप गराउने र निशुल्क रोजगारी पनि खोजिदिने गरेको छ ।

प्लानेटभिटीले सफ्टवेर उत्पादनमा पनि काम गर्दै आएको छ । सूचना प्रविधि क्षेत्रमा सेवा पुर्याए बाफत यस बर्षको शिक्षण सेवाको उत्कृष्ट निर्देशकका रुपमा प्लानेटभिटीका निर्देशक पुष्कर शर्मा जोशी ओरल्ड एजुकेशन आइकन अवार्ड (World Education Icon Award) २०२१ पाउने नेपालकै पहिलो व्यक्ति हुन ।

यस बर्ष आइएसो ९००१ः२०१५ (QMS) प्राप्त गर्ने प्लानेटभिटी नेपालकै पहिलो शैक्षिक संस्था भएको कम्प्युटर प्रशिक्षक दिनश बुढाथोकिले बताए । यहि मंसिर १८ गते शनिबार छात्रबृतिका लागि प्रबेश परिक्षा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0