धनगढी उपमहानगरपालिकाले ९० हजारलाई लगायो कोभिड खोप


धनगढी- धनगढी उपमहानगरपालिका ९० हजा नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।

कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट १ लाख बराबरको निःशुल्क उपचार खर्चमा सहयोग गरिएको छ । त्यस्तै, शाखाबाट प्रहरी, विद्यार्थी, चालकलगायतका लागि ६० हजार माक्स वितरण गरिएको छ ।

स्वास्थ्य शाखामा कार्यरत नर्स गीता भट्टका अनुसार लामो समयसम्म गर्भान्तर चाहने ५५ जनालाई ईनप्लान्ट सेवा दिइएको छ । भिडियो एक्स रे सेवासहित गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्थाको जानकारी लिन घुम्ती शिविर सञ्चालन गरिएकोमा ४ सय जनाले सेवा लिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0