धनगढीमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सहायता कक्ष संचालन


धनगढी– कैलालीको धनगढीमा लैङ्गीक हिंसा न्यूनिकरणका लागि सहायता कक्ष सञ्चालन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा धनगढीउप–महानगरपालिका स्थित पार्क मोडमा सहायता कक्ष संचालन गरिएको हो ।

हरेकवर्ष नोभम्वर २५ देखी डिसेम्वर १० तारिक सम्म मनाईने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत १६ दिन सम्म चल्ने सहायता कक्षमा आम मानिसहरुलाई लैङ्गिक हिंसाबारे जानकारी प्रदान गरिने छ । यस बाट बजार क्षेत्रमा आवतजावत गर्ने मानिसहरुले हिंसाका बारेमा विविध जानकारी प्राप्त गरिरहेकाछन् ।

संगसंगै सहायता कक्षवाट लैङ्गिक हिंसा प्रभावितहरुका लागि उपलव्ध विभिन्न सेवाहरुवारे सुचना प्रदान गरिदै आएको छ । नेपाल सरकारले लैङ्गिक हिंसा पिडितहरुको समस्याको एकै ठाँउवाट सम्वोधन गर्नका लागि हरेक जिल्लाको जिल्ला अस्पतालमा एकद्धार संकटव्यवस्थापन केन्द्रको स्थापना गरेकोछ । सो केन्द्रमा लैङ्गिक हिंसा पिडितहरुलाई निशूल्क स्वास्थ्यउपचार, चेक जाँच तथा औषधिको व्यवस्था गरेकोछ ।

साथै यहाँ बाट पीडितहरुलाई मनोसामाजिकविमर्श सेवा पनि प्रदान गरिन्छ । यसका अलावा केन्द्रवाट पीडितहरुलाई आवस्यक कानूनी सेवा, सुरक्षित आवासको सेवा तथा जिविकोपार्जनका लागि प्रेषण सेवा पनिउपलव्ध रहेकोछ । उल्लेखित उपलव्ध सेवाहरुको प्रचारप्रसार गर्नु पनि यस कक्षको उद्देश्य रहेको छ । यस कक्षवाट हिंसा पीडितलाई आवस्यक मनोसामाजिक विमर्शको सेवा पनि प्रदान गरिदै आएको छ ।

सहायता कक्षको आयोजना सेती प्रादेशिक अस्पताल, धनगढी स्थित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओ.सि.एम.सी)ले गरेको छ भने जिल्लाप्रहरी कार्यालय, कैलाली, संयूक्त राष्ट्र संघिय जनसङ्ख्या कोष, माईती नेपाल, ओरेक नेपाल, शान्ती पुनःस्थापना केन्द्र तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको सहकार्य रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0