बैतडीको टिचोरामा जीप माथि पहिरो खस्यो


बैतडी – बैतडीमा जीप माथि पहिरो खसेको छ । कोरीडोर अन्तर्गत पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा जीप माथि पहिरो खसेको हो ।

पहिरोले जीपको अगाडीको भागमा क्षति भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन ।

उनले सडक निर्माणका लागि डोजर बोकेको टेलर बीचबाटोमै बिग्रेको र बाटो खुलाउनका लागि डोजरले सडक खन्दा पछाडि रहेको म १ ज ३३१ नम्बरको जिपमा पहिरो खसेको प्रहरी प्रवक्ता खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0