एमाले महाधिवेशन: सचिवका लागि लेखराज भट्ट सहित ८ जना चुनावी मैदानमा


धनगढी – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सचिव पदमा पनि चुनाव हुने भएको छ । एमालेमा ७ जना सचिव रहने व्यवस्था भएपनि ८ जनाको उम्मेदवारी परेपछि चुनाव हुने भएको छ ।

बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा सहमति हुन नसक्दा चुनाव हुन लागेको हो ।

जसका लागि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र भीम आचार्यले उम्मेदावरी दिएका छन ।

त्यस्तै अध्यक्ष पदमा केपी शर्मा ओली र भीमबहादुर रावल बीच प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दिएका छन ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0