एमालेको सम्पूर्ण कार्यकारी पद अस्वीकार गर्ने लालबाबु पण्डितको घोषणा


काठमाडौं– नेकपा एमालेका नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् ।

एमालेको उपाध्यक्ष पदका आकांक्षी पण्डितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो पदमा नसमेटेपछि उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

ओलीले आइतबार प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो । तर उनले केन्द्रीय सदस्य पद अस्वीकार गर्दै सम्पूर्ण कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् । साथै उनले दशौं महाधिवेशनबाट बिजयी हुने सम्पूर्णलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0