आज पनि २ ठाउँमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


अत्तरिया– जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्मा को मृत्यु भएपछि सुख्खडमा पनि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको बताइएको छ।

शनिबार पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र।.१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

उता सोमबार बिहान कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएका युवक को पहिचान खुलेको छ। गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट सोही ठाउँका पैदल यात्रु अन्दाजी १९ वर्षीय नरेश देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले उनीलाई बिहान साढे ३ बजेको समयमा ठक्कर दिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ।

यसैबीच स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तरगत स्याउलेमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध पारेको ट्राफिक कार्यालयले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0