एक घण्टाका लागि खुल्यो अवरुद्ध पूर्वपश्चिम राजमार्ग


धनगढी- कैलालीमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलाइएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि आइतबार बिहानदेखि सडक अवरुद्ध गरिएको थियो । यात्रुको समस्यालाई मध्यनजर गर्दै १ घण्टाका लागि सडक सुचारु गरेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको थिए। ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको बताइएको छ।

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0